अब एमालेको पार्टी कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानकाे भवनमा !

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा सर्ने भएको छ । थापाथलीमा रहेको पार्टी कार्यालयको ठाउँ सानो भएकाले च्यासलमा पार्टी कार्यालय सार्न लागेको महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी । अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन् ।’ पार्टी कार्यालय सानो भएपछि एमालेका सबै बैठकहरू सोही भवनमा हुँदै आएका छन् ।

प्रतिक्रिया