१९ वर्षीया झरना चौधरी बनिन् एमालेको वडा सचिव

काठमाडाैं । नेकपा एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीया युवती वडा सचिव बन्न सफल भएकी छन् । एमालेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन् ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाकाे वडा नम्बर १ मा पनि २६ वर्षीय सुरज कलवार एमाले वडा कमिटीको अध्यक्ष निर्वाचित भएका छन् । रुपन्देहीका धेरै वडामा युवा नेतृत्वमा आएको नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएका छन् ।

सुरज र झरनाजस्तै धेरै युवा एमालेको वडा नेतृत्वमा आएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । नेकपा एमालेले आफ्नो दसौं महाधिवेशनअन्तर्गत शनिबार देशभर एकसाथ वडाहरूको अधिवेशन गरेको छ ।

प्रतिक्रिया