‘रिफ्रेस’ हुन सुकुटे पुगे प्रचण्ड

तस्विर : रामप्रसाद सापकाेटा ‘दीपशिखा’ काे फेसबुकबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि सिन्धुपाल्चोकस्थित सुकुटे पुगेका छन् । बिहीबार अपरान्ह करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड भोटेकोशी किनारको रिसोर्ट पुगेका हुन् ।

रिसोर्टमा पुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समयको लागि जलसयर (र्‍याफ्टिङ) समेत गरेका छन् । प्रचण्डसँग माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा ‘सुवोध’ तथा वाइसीएल पूर्वअध्यक्ष दीपशिखासमेत साथै छन् ।

तस्विर : रामप्रसाद सापकाेटा ‘दीपशिखा’ काे फेसबुकबाट

प्रतिक्रिया