अनन्याको घरमा छापा

मुम्बई । भारतको लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ । मुम्बईको एक जहाजमा लागूऔषधको प्रयोग र व्यापारसहितको पार्टीमा संलग्न रहेको भन्दै गिरफ्तार गरिएका अभिनेता शाहरुख पुत्र आर्यन खानसँगको ह्वाट्सएप च्याटमा अनन्यासँग कुराकानी भएको पाइएपछि एनसिबीले उनको घरमा पनि छापा मारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अनन्याको घरमा एनसिबीले छापा मारेर उनलाई सोधपुछ गरेको छ । सन् २०१९ मा बलियडमा डेब्यु गरेकी अनन्याले थुप्रै महँगा प्रोजेक्टमा काम गरिसकेकी छन् । बलिउड अभिनेता चंकी पाण्डे र भावना पाण्डेकी छोरी अनन्या र शाहरुखका छोरा आर्यन साथी हुन् । आर्यनको मोबाइलको छानविन गर्दा एनसिबीले अनन्यासँग लागूऔषधको बारेमा कुराकानी भएको पाएको जनाइएको । हाल लागूऔषधको मुद्दामा पक्राउ परेका आर्यन जेलमा छन् ।

मुम्बईको जिल्ला अदालतले उनको जमानतका लागि दिइएको निवेदन अस्वीकार गरेपछि रिहाइका लागि आर्यनको पक्षले उच्च अदालतमा निवेदन दिएको छ । उक्त निवेदनमा अक्टोबर २६ मा सुनुवाइ हुँदैछ । बुधबार आर्यनले अदालतमा आफ्नो रिहाइका लागि भन्दै दिएको निवेदन अस्वीकार भएको हो । अदालतले आर्यनसँगै पक्राउ परेका मुनमुन धमीचा र आरबाज मचेन्टको पनि निवेदन खारेज गरेको छ । यसबीच बलिउडले भने आर्यन र उनको परिवारलाई साथ दिएको देखिन्छ । तर, अदालत र भारतको राष्ट्रिय लागूऔषध नियन्त्रण ब्यूरो (एनसिबी) भने आर्यनको मुद्दामा गम्भीर रुपमा लागेको छ ।

प्रतिक्रिया