टी–ट्वान्टी विश्वकप : बंगलादेशको पहिलो जित

काठमाडौं । जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित निकालेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति सम्पन्न पहिलो चरणको खेलमा बंगलादेशले ओमानलाई २६ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमान ९ विकेट गुमाएर १ सय २७ रनमा समेटियो ।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए भने कश्यप प्रजापतिले २१ रन जोडे। कप्तान जिसन मक्सुदले १२ रन बनाउँदा मोहमद नादिम १४ रनमा अविजित रहे।

ओमानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ तथा शकिब अल हसनले ३ विकेट लिए । मोहमद सैफुदिन र मेहदी हसनको नाममा १/१ विकेट रह्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो । बंगलादेशका लागि मोहमद नाइमले ६४ रन बनाउँदा शकिब अल हसनले ४२ रन जोडे। बंगलादेशका कप्तान महमुद उल्लाहले १७ रन बनाए ।

ओमानका बिलाल खान र फायज बटले ३÷३ विकेट तथा कालिम उल्लाहले २ विकेट लिए। जितसँगै पहिलो चरणको समूह बी मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ । बंगलादेश पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । ओमानको यो पहिलो हार हो। पहिलो खेलमा ओमानले पपुवा न्युगिनीलाई हराएको थियो। ओमानले २ खेलमा २ अंक जोडेको छ ।

विश्वकपको पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना विपद्का कारण झन्डै २ वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ ।

प्रतिक्रिया