एमालेले विधानलाई अन्तिम रुप दियो (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ। असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिइएको हो । विधानलाई सोमबार प्रकाशनमा पठाइएको छ । अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल तथा विधान मस्यौदा समितिका संयोजक एवं एमाले उपमहासचिव विष्णु पौडेलले विधानलाई अन्तिम रुप दिएका हुन् ।

पार्टीको केन्द्रीय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् रहनेछन् । यस्तै केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकाय हुन् । पार्टीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष चार र महासचिव एक जना हुने व्यवस्था गरिएको छ ।

यस्तै नयाँ विधानअनुसार एक उपमहासचिव हुनेछन् भने सात जना सदस्य हुनेछन् । केन्द्रीय कमिटीको संख्या २२५ सदस्यीय हुनेछ । पारित विधानअनुसार एमालेको सांगठनिक ढाँचामा प्रदेश कमिटी, प्रदेश अधिवेशन प्रतिनिधि परिषद्, जिल्ला कमिटी, जिल्ला अधिवेशन प्रतिनिधि परिषद् रहेका छन् । यस्तै पालिका/इलाका कमिटी, पालिका/इलाका प्रतिनिधि परिषद्, वडा/शाखा कमिटी, वडा/ शाखा अधिवेशन प्रतिनिधि परिषद्, टोल/प्रारम्भिक कमिटी र टोल/प्रारम्भिक अधिवेशन प्रतिनिधि परिषद् रहने एमाले विधानमा उल्लेख छ ।

एमालेको पारित विधान पूर्णपाठ हेर्न यहाँ थिच्नुहाेस

 

 

प्रतिक्रिया