लगातारको वर्षाले बालीनालीमा क्षेति पुर्याएपछि किसान चिन्तित

दैलेख । लगातारको वर्षाले गर्दा बालीनालीमा क्षेति पुर्याएको छ । दसैँको चटारो सकेर बालीनाली भित्र्याउने सोचमा रहेका किसान आइतबारबाट लगातार पानी परेपछि चिन्तित बनेका छन् ।

लगातारको वर्षातले खेतमा काटेको धानसमेत खेतमै रहेको भगवतीमाई गाउँपालिका– ४ का किसान राजु विकले बताए । उनी भन्छन्, ‘वर्ष भरी खानाको लागि खेतमा लगाएर भित्र्याउने समयमा पानीले धान कुहिने भयो, काट्न बाँकी रहेको धान पनि ढलेर नष्ट भएको देख्दा मन भक्कानिएर आउँछ, गरिबलाई समयले पनि झन् गरिब बनाइरहेको छ ।’

यस्तै भगवतीमाई गाउँपालिकाकी खम्बीरा कुमारी बुढाले सोझासाझा गरिब किसानहरूको पीडा प्रकृतिले पनि ठक्दै गएको बताइन् । उनले भनिन्, ‘३–४ महिना दुख गरेर लगाएको बाली भित्र्याउने समयमा लगातार अविरल वर्षाका कारणले क्षेति पुर्याउँदा कसको मन रुन्न होला ?’

यो समयमा दैलेखका सबै जस्तो स्थानीय तहमा धान काट्ने चटारो हुन्छ । बिचमा दसैँले गर्दा धान, कोदो काट्न पछि धकेलेको समयमा दसैँ नसकिँदै लगातार वर्षात भएपछि किसानले लगाएको खेती खेतमै कुहिने भएको छ ।

प्रतिक्रिया