बैंकहरूमा ब्याजदर बढाउने प्रतिस्पर्धा

काठमाडौं । बैंकहरूमा ब्याजदरको प्रतिस्पर्धा सुरु भएको छ । कोभिडपछि बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा न्यून बिन्दुमा झरेको ब्याजदर अहिले बैंकहरूमा बढाउने प्रतिस्पर्धा चलेको छ । असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गर्दा सनराइज बैंकले १०.०७ प्रतिशत ब्याजदर प्रस्ताव गरेकोमा अहिले बैंकले निक्षेपको ब्याजदर सिंगल डिजिटमा झारेको छ ।

तर, कात्तिक १ गते (आजबाट) लागु हुनेगरी नयाँ ब्याजदर सार्वजिनक गर्दा हिमालयन बैंकले बोलकबोल हुने संस्थागत मुद्दति निक्षेपमा ११.६७ प्रतिशत ब्याज प्रस्ताव गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा भने १०.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । जसमा ०.५ प्रतिशत थप गरेर ११ प्रतिशत ब्याज दिन पाउनेछ । एनआईसी एशिया बैंकले ११.१० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले बचत खातामा नै ८.१० प्रतिशत ब्याजदर दिने भएको छ । लक्ष्मी बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर बढाएर ११.०५ प्रतिशत पुर्याएको छ । एनसीसी बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर १०.५५ प्रतिशत पुर्याएको छ ।

असोजमा सनराईज र सानिमाले केही घटाउँदा नबिल, एनएमबी, प्राइमलगायतका बैंकले भने कात्तिकमा शान्त देखिएका छन् । नेपाल राष्ट्र बैंकले चालू मौद्रिक नितिबाट ८५ प्रतिशतको कर्जा स्रोत परिचालन अनुपात सीसीडी रेसियो खारेर गर्दै कर्जा निक्षेप अनुपात सीडी रेसियो कार्यान्वयनमा ल्याएको छ । जसले गर्दा अहिले बैकहरूसँग लगानि योग्य स्रोतको अभाव हुँदा बैंकहरू निक्षेप तान्न ब्याजदर बढाउने होडबाजीमा रहेका छन् ।

यता, विकास बैंक र वित्त कम्पनीले पनि निक्षेपको ब्याजदर डबल डिजिटमा पुर्याएका छन् । वित्त कम्पनीले ११ प्रतिशत र विकास बैंकले १०.५ प्रतिशतसम्म ब्याजदर पुर्याएका छन् ।

प्रतिक्रिया