नुवाकोटमा बस दुर्घटना हुँदा २० जना घाइते न्यमचबव लभउब

काठमाडौं । नुवाकोटमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नुवाकोटको भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन ।

बस अनियन्त्रित भएर नालीमा खसेको थियो । घाइतेहरुको अवस्था सामान्य रहेको र उपचारका लागि अस्पताल पठाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । केही यात्रुहरु बसको छतमा रहेको र छतबाट समेत खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया