कुस्ती खेल मधेस र मधेसीको पहिचान हो : मन्त्री यादव

पर्सा । प्रदेश न् २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले कुस्ती खेल मधेस र मधेसीको पहिचान भएको बताएका छन् । पर्साको पोखरिया नगरपालिकाको वडा नं ४ मा आयोजना भएको कुस्ती प्रतियोगीता कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । बिजया दशमीको अवसरमा नव दूर्गा पुजा समिति पोखरियाले आयोजना गरेको कूस्ती प्रतियोगीता मन्त्री रामसरोज यादवले फिता काटी र पहलवानहरु लाई हात मिलाएर उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले भने, ‘कुस्ती प्रतियोगिताबाट देश र समाजको नाउँ चिनाउनको साँथै शारीरिक र मस्तिकको विकास हुने गर्छ साथै कुस्ती खेल बाट स्फुर्ती र निरोगी भइन्छ ।’ कुस्ती खेल माथी सरकारको कुनै ध्यान नरहेकोले लोप हुने अवस्था देखिएको उनले बताए ।

पोखरिया नगरपलिका वडा नं ४ का वडाध्यक्ष लक्ष्मण साहको अध्यक्षता भएको कुशती खेल प्रतियोगितामा खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकास शर्मा, प्रदेश सभासदस्य प्रह्लाद गिरी , पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ, पोखरिया नगरपालिकी उपमेयर सलमा खातुन, नेपाली कांग्रेस पर्साका सभापति अजय दुबेदी र संविधान सभा सदस्य राजकुमार गुप्ताको उपस्थिति रहेको थियो ।

त्यस्तै, कार्यक्रममा रामेश्वर रौनियार, प्रधुमन चौहान, लोजपाका नेता नजामुदिन समानी, वडाअधयक्ष किशोरी साह, रामबाबु चौहान, नेपाली कांग्रेसका युवा नेता श्याम पटेल, सकिम मियाँ, श्रीकिसुन चौहान, युवा समाज पोखरियाका नौसाद आलम, समाजसेबी गोलु आलम, लगायत हजारौंको उपस्थिि रहेको थियो ।

कुस्ती खेल प्रतियोगितामा नेपाल भारतका सयौंको संख्यामा महिला पुरुष पहलवानहरु ले भाग लिएका छन्। प्रतियोगितामा नेपालका बसन्त थापा, पारस थापा, नवलपरासीका दशर्थ त्यागी बाबा, पोखरियाका टाईसन यादव लगायतका र भारतका पप्पु पहलवन, रामबली पहलवान, सन्जय पहलवान लगायतले भाग लिएका छन् ।

प्रतिक्रिया