थप २७२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा शुक्रबार थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाकै कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको मन्त्रलयले जनाएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा ११८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ र भक्तपुरमा ११ जना संक्रमित थपिएका छन् । शुक्रबार ७७७ जना संक्रमणमुक्त हुँदा हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ ।

प्रतिक्रिया