साफ च्याम्पियनसीप : बंगलादेशविरुद्ध नेपालको बराबरी गोल

काठमाडौं । साफ च्याम्पियनसीप अन्तरगत नेपालले बंगलादेशविरुद्ध बराबरी गोल गरेको छ । खेलको ८७ औं मिनेटमा अञ्जन विष्टले बराबरी गोल गरेका हुन् । बंगलादेशी रक्षकले पेनाल्टी एरियाभित्र फाउल खेलेपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त मौकालाई सदु्पयोग गर्दै अञ्जनले बललाई जाली चुमाएका हुन् । बंगलादेशी गोलकिपरले रेड कार्ड पाएपछि अहिले बंगलादेश १० खेलाडीमा सिमित छ ।

प्रतिक्रिया