मुगु बस दुर्घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन

 सुर्खेत ।  मंगलबार मुगुमा भएको बस दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) वीरेन्द्रविर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यी छानविन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र ट्राफिक प्रहरी कार्यालय मुगुका हवल्दार सदस्य छन् । समितिले घटनास्थलमै पुगेर बस दुर्घटनाको कारणसहितको प्रतिवेदन तयार गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख (डिआईजी) गणेशबहादुर ऐरले जनाए ।

निर्देशनमा छानविन समिति गठन गरिएको हो । प्रारम्भीक अनुसन्धानका क्रममा बसको अगाडीको टायर प्यान्चर भएर बस दुर्घटना भएको अनुमान छ । छानविन समितिले दुर्घटनाको एकिन प्रतिवेदन तयार गर्ने छ । मंगलबार नेपालगञ्जबाट मुगु सदरमुकाम गमगडी जाँदै गरेको भे.१ ख.३१६७ नंम्बरको बस दुर्घटना भएको थियो ।

प्रतिक्रिया