सांसद हरिनारायण रौनियारले भेटे भाजपा नेता जौलीलाई

पर्सा । भारत भ्रमणमा रहेको जनता समाजबादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार भारतीय जनता पार्टीका नेता विजय जौलीसँग भेटवार्ता गरेका छ ।

भारतीय जनता पार्टी नेता विजय जौलीसँग भएको भेटमा दुई देशबीचको साँस्कृतिक सम्बन्ध र सबैभन्दा नजिकको छिमेकी र खुला सीमाका कारण नेपाल र भारतबीच केही समस्या देखिए पनि अब विश्वासमा आधारित सन्तुलित सम्बन्धलाई बलियो बनाउनेबारे छलफल भएको सांसद हरिनारायण रौनियारले जानकारी दिएका छन् ।

प्रतिक्रिया