कर्णाली राजमार्गमा बढ्दै ठुला दुर्घटना, यी हुन् हालसम्म भएका डर लाग्दा दुर्घटना

मुगु । मुगुको छायानाथ रारा नगरपालिका ७ पर्चानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । सुर्खेतबाट मुगुको सदमुकाम गमगडी जादै गरेको भे १ ख ३१६७ नम्बरको बस मंलवार दिउसो पिनागाउँमा दुर्घटना भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाईतेलाईलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताएका छन् । बस दुर्घटनापछि उद्दारका लागि घटनास्थलमा हाल नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।

अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ । अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ । १२ जना घाइतेमध्ये ४ जना गम्भिर अवस्थामा रहेको बताइएको छ । उहिले देखिनै भौगोलिक दृष्टिकोणले विकट मानिदै आएको साविकको कर्णाली अंचलका ५ जिल्ला हुम्ला,जुम्ला,मुगु,डोल्फा र कालिकोट अहिले पनी विकट नै मानिन्छन् । कति मन्त्री भए,कति सांसद तर विकास दृष्टिकोणले सडकको स्तरोन्नती भने हुन सकेको छैन । बर्षेनी कैयौँ मानिसहरुले ज्यान गुमाउनु पर्ने अवस्था छ ।

कर्णाली राजमार्गमा हाल सम्म भएका बस दुर्घटनाहरु

कर्णाली राजमर्गमा ठुला र डर लाग्दा बस दुर्घटनाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई ध्यानमा ल्याउन सकेको छैन । क्रमस भयानक र डर लाग्दा घटनाहरु
(१) २०६६ चैत्र ५ गते कर्णाली राजमार्ग अन्र्तगत दैलेखको किट्टु भिरमा बस दुर्घटनामा मृत्यु संख्या=३४

(२) २०६८ भदौ २५ गते कालिकोटको बिर्तामोड बस दुर्घटनामा मृत्यु संख्या=२८

(३) २०७८ असोज २६ गते मुगुको पिनामा मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या= ३२ 

दिनप्रतिदिन यसरी यसरी घटना हुनुको कारण मुख्य कारण भनेको सडकको स्तराेन्नती नहुनु, आएको विकासी बजेटमा आफन्तहरुको रजाई हुनु र राजनैतिक खिचातानीका कारण भेगीय विकासमा ध्यान दिनु जस्ता छन् । साधुरो सडक,कच्ची बाटोका कारण यातायातका साधनहरु दुर्घटना हुने र मानविय क्षति बढि हुने गरेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया