बर्दियाको कोठियाघाटमा प्रहरी चौकी भवन उद्घाटन

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा पर्ने कोठियाघाटमा प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । कोठियाघाट प्रहरी चौकीको मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्री र जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उक्त प्रहरी चौकीको नवनिर्मित ६ कोठे पक्की भवन, भान्छा घर र त्यससँगै दुर्गा मन्दिरको उद्घाटन गरिएको बताइएको छ । भवन निर्माणपछि त्यहाँ अब उक्त प्रहरी चौकी थप व्यवस्थापन सहित जनसुरक्षा र सामाजिक जिम्मेवारीका क्षेत्रमा सुढृण रुपमा लाग्ने विश्वास समेत गरिएको छ ।

उक्त संरचना निर्माणमा मातहतका प्रहरी कार्यालयका साथै स्थानीय निकाय, सामाजिक, व्यवसायीक समाजसेवी र स्थानीय नागरिकहरुको आर्थिक भौतिक सहयोग रहेको भन्दै उद्घाटन समारोहबिच बर्दिया प्रहरी प्रमुख कार्कीले सहयोगी सबैमा धन्यवाद ब्यक्त गरेका थिए।

उक्त प्रहरी चौकीको भवन निर्माणमा मधुवन नगरपालिका, मधुबन नगरपालिका वडा नम्बर १,२,३, स्थानीय बड्घरहरु, ईलाका प्रहरी कार्यालय ढोढरी लगाएतका प्रहरी कर्मचारीहरु, स्थानिय ब्यवसायी, समाजसेवी, बुद्दिजिबी, सामुदायिक वन उपभोक्ता समिति, लगाएतको आर्थिक, भौतिक तथा अन्य श्रम सहयोग रहेको बताइएको छ ।

बर्दियाका प्रहरी निरीक्षक हरिहर खड्का क्षेत्रीले कोठियाघाट चौकीको उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जनाउँदै अब त्यहाँ भवनको समस्या हल भएको बताए । चाडपर्वको अवसरमा प्रहरी चौकी भवनको उद्घाटनसँग त्यस क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण, जनसुरक्षा र सामाजिक कार्यमा प्रहरीको पहुच विस्तार हुनेमा कार्यक्रममा सहभागिहरुले विश्वास समेत गरेका थिए ।

प्रतिक्रिया