बिद्यार्थी नेता मल्ल एकीकृत समाजवादीको जिल्ला सदस्यमा मनोनित

कालिकोट । सामाजिक कार्यमा सक्रिय रहेका अनेरास्ववियूका नेता हिक्मतजंग मल्ल नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्यमा मनोनित भएका छन् । सानै उमेरदेखि बिद्यार्थी राजनीतिमा लागेका मल्ललाई जिल्ला कमिटी सदश्यमा मनोनित गरिएको हो । समुदाय र देशको हितका लागि काम गर्दै, विभिन्न बिरोध र्याली, बिद्यार्थीको हितका लागि बिद्यार्थी आन्दोलन, गरिब दुखिका हरेक पिडाहरुको सामना गर्ने विद्यार्थी नेता मल्ल एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्य बनेका हुन ।

लामो समयदेखि विधार्थी राजनीति गरिरहेका मल्ल पुर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एक्मी इन्जिनियरिंग कलेजका पूव अध्यक्षसमेत हुन । उनी कालिकोट जिल्लामा ३ वर्षयता युवालाई खेलकुदमा जोड्नुका साथै कर्णाली प्रदेशकै ऐतिहासिक भलिवल प्रतियोगिता आयोजना गरि सफलतापूर्वक खेलसमेत सम्पन्न गदै अँएका छन् ।

इन्जिनियरको जागिर छोडेर विद्यार्थी राजनीतिमा लागेका मल्ल अनेरास्ववियूको केन्द्रीय सदस्यमा मनोनित भईसकेपछि विद्यार्थी राजनैतिकमा केही आशा पलाएको अनेरास्ववियू जिल्लास्तरका विद्यार्थी नेताहरुले बताएका छन् । पार्टीको हित र संरक्षणका लागि सँधैभरी सकारात्मक लडाइँ र विरोध कार्यक्रम गरि नागरिकलाई न्याय दिन र विद्यार्थीका समस्याको लागि दिनरात नभनी लागि पर्ने मल्ल कोरानाको बन्दाबन्दिमा सामाजिक कार्यका लागि सधै अग्रसर थिए । अनेरास्ववियुका केन्द्रीय सदस्य भएका मल्ल लिङ्गासैनी युथ क्लबका अध्यक्ष पनि हुन् ।

पार्टीको हित र संरक्षणकालागि सँधैभरी सकारात्मक लडार्इँ र विरोध कार्यक्रम गरि नागरिकलाई न्याय दिन र विद्यार्थीका समस्याको लागि दिनरात नभनी लागि पर्ने मल्ल कोरानाको बन्दाबन्दिमा सामाजिक कार्यका लागि सधै अग्रसर थिए । उनी राष्ट्रियता, सामाजिक न्यायका निम्ति कालिकोटमा मात्र नभएर काठमाडौंमा पनि आन्दोलनमा होमिएका थिए । मल्लले अनेरास्ववियु र पार्टीले आफ्नो मुल्यांकन गरि केन्द्रीय सदस्यमा मनोनीत गर्दा आफूले गरेको त्याग र परिश्रमको मुल्यांकन भएको उनले बताए ।

उनले भने, ‘कालिकोटका शैक्षिक मुद्दालाई आफ्नो ऐजेन्डा बनाउने, हरेक आन्तरिक र बाह्य देश, समाजको हितका लागि सधैभरी लागि पर्ने तथा विद्यार्थी राजनीतिमा लागेर शैक्षिक संस्थाहरुमा सुधारका अभियान थालनी हुनेछ ।’

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया