हात्तीको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु

बर्दिया । जंगली हात्तीको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका वडा नं १० झप्ती स्थित गेरुवा कर्णाली नदी किनाराको बाटोमा सोहि ठाँउका सथानीय बेचन दहितलाई जंगली हात्तीले हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई घर देखी १ किलोमिटर पुर्व तर्फ जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया