कुलो निर्माणसँगै ज्यालापाउँदा स्थानीय हर्षित

कालीकोट । वर्षौंदेखि सिँचाइका लागि कुलोको अभावमा रहेका किसानहरू अब सिचाइँ गर्न पाउने भएका छन् । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको कार्यान्वयन, अनुकूलन कोषको १ करोड ४९ लाख ५७ हजार ९ सय ८ रुपैयाँको सहयोगमा कुलो निर्माण बनेपछि किसानले सिँचाइ गर्न पाएका हुन् । यस कुलोबाट १ सय ८३ घरधुरी लाभान्वित भएका छन् । एकातिर कुलो बनेर सिँचाइ गर्न पाउनु अर्कोतिर कामगरेबापत ज्यालासमेत पाउँदा गाउँवासी ज्याँदै खुसी भएका छन् । पलाँतागाउँपालिका–७ की वास्मती विष्टले ६५ दिन कामबापतको एकमुष्ठ ८५ हजार बुभ्mदा घरमा उत्सव नै मनाइन् । उनले गरिबका लागि क्याफ्स कर्णाली परियोजना भगवान् जस्तै भएको र एकातिर कुलो बनेको र अर्कोतिर आपूmले कामवापत पैसा पाएको दिन खुसियाली मनाएको सुनाइन् । बिष्टजस्तै खुसी जुवारा सार्की पनि छिन् ।

१ सय ८३ घरधुरीका सरदर ९ सय १५ जना नागरिकलाई सिँचाइ सुविधा दिएको पारौटी बहुउद्देशीय पानी प्रणालीले वर्षांैदेखि बाँजो रहेको जमिन पनि प्रयोगमा ल्याएको छ । झण्डै ६ किलोमिटर पक्की कुलोसँगै खेतीयोग्य जमिन भएको ठाउँमा सात वटा पोखरीसमेत निर्माण भएका छन् । क्याफ्स कर्णाली परियोजना संयोजक नरेन्द्र शाहीले सुक्खा समयमा कुलोको पानीलाई रिजर्ब गरेर सिँचाई गर्ने उद्देश्यका साथ ६ किलोमिटरको विभिन्न ठाउँमा सात वटा सिँचाइ पोखरी बनाएको बताए । उनले महिलाको कामको अतिरिक्त बोझ कम गराउन सहयोग गर्नका लागि दुई वटा सुधारिएको पानीघट्टसमेत बनाएको वताए । नागरिकले घर नजिकै घट्टमा पिठो पिस्न पाउनेछन् भने दुई जनालाई रोजगारीको व्यवस्था पनि हुनेछ ।

स्थानीय सर्पजित बमले भने पहिले दिनभरि घट्ट पिस्न लाग्ने समय सुधारिएको पानीघट्टको स्थापना भएपश्चात आजभोलि भण्डै तीन घण्टाजस्तो समय वचत भएको र उक्त समय केटाकेटीको पढाइ र सरसफाइमा दिन पाएको बताए । यहीकुलो निमार्णमा आपूmले पनि ८८ हजार आम्दानी गरेको र पिठो पिस्न दाम्रीगाढ जानुपर्ने वाध्यता समेत टरेको उनले बताए । उपभोक्तामार्फत निमार्ण गरिएको सिँचाइकुलो लगायतका संरचनामा काम गर्ने १ सय ३० जना कामदार थिए ।

अतिविपन्न परिवारवाट कामदार छनोट गरिएको आफूले अनुगमनको क्रममा पाएको कृषि विकास कार्यालय कालीकोटका प्राविधिक रोशन पाण्डेले वताए । परियोजना सम्पन्न भएपछि सहजीकरणको जिम्मेवारी निकाय मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालले जिल्ला समन्वय समिति, गाउँपालिका वन डिभिजन, कृषिविकास कार्यालय लगायतका क्षेत्रबाट अनुगमनसमेत गराएको थियो । संस्थाका कोषाध्यक्ष दिलीपकुमार शाहीले नेपाल सरकारको नीतिअनुसार एक व्यक्ति एक खाता अभियानमा समेत सहयोग पुग्ने गरी कामदारको ज्याला बैंकमार्फत भुक्तानी गरेको बताए । शाहीका अनुसार १ सय ३० जना कामदारभित्र ५० जना महिलालाई छनोट गरिएको हो ।

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले क्याफ्स कर्णाली परियोजनाले पलाँताको बिकासमा सम्झनलायक काम गरेको प्रतिक्रिया दिए । विकासे काममा अति आवश्यक पर्ने सुरक्षाका सबै सामग्रीको व्यवस्थापन गरिएको र कामदारको बिमासमेत गरेको देख्दा निकै खुसी लागेको अध्यक्ष बमले सुनाए । ०७७ कात्तिक २३ मा सम्झौता भएको काम तोकिएको समय सिमाभन्दा अगावै सम्पन्न भएको पलाँता गाउँपालिकाले जनाएको छ । सिँचाइ कुलो निर्माण सम्पन्न पश्चात् नागरिकहरूको कृषि पेसातिर झन् चासो बढेको छ ।

प्रतिक्रिया