धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले नेपाली जनताले गरीबी र भ्रष्टाचार मात्रै पाएको बताएका छन् । बुधबार राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले एमसिसी, भ्रष्टाचार र महँगीका विरुद्ध धनगढीमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले संघीयतामा संघ र प्रदेशका आठ ओटा सरकारलाई पाल्नका लागि ऋण काढ्नुपर्ने अवस्था आएको र त्यसले नेपाली जनतालाई गरिबीतिर धकेलेको बताए । संघीयता नेपालमा आवश्यक नभएको बताउँदै उनले संघीयता खारेज गर्नुपर्ने बताए । देशमा अहिले महँगी र भ्रष्टाचार मात्रै बढेको उनको भनाइ छ ।
सत्तामा जानका लागि भारत र अमेरिकासँग लम्पसार पर्ने पार्टीहरू देशमा भएको बताउँदै उनले आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा कुनै पनि साम्राज्यवादी शक्तिसँग घँुडा नटेक्ने बताए । उनले राष्ट्रिय जनमोर्चा राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका रक्षाका लागि लड्ने पार्टी भएको बताए । साथै उनले एमसिसी नेपालको हितमा नभएको र राष्ट्रियतामाथि नै खतरा भएको बताए ।
कैलाली
प्रतिक्रिया