काठमाडौं । चन्द्रागिरी नगरपालिका– ५ मा समाधान बचत तथा सहकारी संस्थाको स्तन क्यान्सरसम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार आयोजित उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी प्रमुख अतिथि रहेका थिए भने उपमेयर लिशा नकर्मी विशिष्ट अतिथिको रुपमा सहभागी भएकी थिइन् ।
जनकल्याण मावी किसिपिडीमा भएको कार्यक्रममा डाक्टर प्रफुल्ल शाक्यले तालीम दिएको उक्त संस्थाका अध्यक्ष बिरेन श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रममा शाक्यले महिलाहरुमा हुने स्तन क्यान्सरको विषयमा सहभागीहरुलाई तालीम दिएका थिए ।
डा. शाक्यले महिलाहरुलाई स्तन क्यान्सरबाट बच्ने उपायहरु बताएका थिए । कार्यक्रममा सहभागी महिलाहरुले डा. शाक्यसँग आ–आफ्ना जिज्ञासा राखेका थिए ।
प्रमुख अतिथि गिरीले बेला–बेलामा यस्ता जनचेतनामुलक कार्यक्रम गरेर महिलाहरुको समस्या समाधान गर्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले स्तन क्यान्सर महिलाहरुको लागि डरलाग्दो रोग भएकाले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गरिरहने बताए ।
प्रतिक्रिया