एकदिने ‘सक्सेस ब्लुप्रिन्ट’

काठमाडौं । एकदिने ‘सक्सेस ब्लुप्रिन्ट’ नामक लिडरसिप तालिम सम्पन्न भएको छ । ढल्केबरस्थित एक होटलमा सम्पन्न कार्यक्रममा नेपालका प्रसिद्ध मोटिभेसनल स्पिकर तथा ‘सफलताको ब्लुप्रिन्ट’ पुस्तकका लेखक सन्तोष लामाले चार घण्टा निरन्तर प्रशिक्षण दिएका थिए । कार्यक्रममा ७० जनाको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण व्यवसायीलाई लामाले पूरा अवधिभर माइन्डसेट, विश्वास प्रणाली, बिक्री प्रवद्र्धनसम्बन्धी विभिन्न तरिका र बाटाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागी व्यक्तिले प्रशिक्षणबाट आफूले गर्दै आइरहेको व्यवसायलाई वृद्धि गर्न धेरै टेवा पुग्ने बताए ।

सो अवसरमा व्यक्तित्व विकाससँगै बिक्री क्षमतालाई कसरी बढाउने भन्ने बारेमा प्रक्षिशण दिइएको प्रशिक्षक लामाले बताए । उनले मानिस सधैं उत्प्रेरित भइरहन सक्दैन, यस्तोबेला कसरी काम गर्ने, आफ्नो क्षमता वृद्धि कसरी गर्ने ? भन्ने विषयमा तालिम दिएको सुनाए । उनले भने, ‘हामीले सधैं बिहान उठ्नेबित्तिकै दाँत माझ्छौ, नुहाउँछौ आदि काम हामी उत्प्रेरित भए पनि गर्छौ वा नभए पनि गर्छौ । यो सबै स्वतः गर्छौ त्यस्तै हाम्रो काम वा कुनै सिक्नुपर्ने स्किलमा पनि मोटिभेसन भए पनि नभए पनि गर्नुपर्छ र यो कार्यक्रम स्किललाई कसरी विकास गर्न सकिन्छ भन्नेमा विशेष केन्द्रित थियो ।’

प्रतिक्रिया