पर्वतको ६ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

पर्वत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पर्वतमा पैँयु गाउँपालिकाबाहेक सबै पालिकाको निर्वाचन सम्पन्न भएको छ । कुश्मा नगरपालिकाको सभापतिमा किशोर भण्डारी विजयी भएका छन् । भण्डारीले यदुनाथ शर्मा बास्तोलालाई पराजित गरी विजयी भएका हुन् ।

भण्डारीले १९८ मत ल्याएर विजयी भएका हुन् भने बास्तोलाले १३१ मत ल्याए । उपसभापतिमा राजन जोशीले १२६ मत र कमलकान्त पाध्याले ११२ मत ल्याइ विजयी भए । सचिवमा आरसी पौडेलले १२६ र उत्तम ढकालले १११ मत ल्याएर विजयी भए । सहसचिवमा पुस्कल शर्माले १७७ र शम्भुकुमार जोशीले १२४ मत ल्याएर विजयी भएका छन् ।

पर्वतको फलेबास नगरपालिकाको सभापतिमा हीरामणि सापकोटा विजयी भएका छन् । सापकोटाले १४३ मत ल्याई विजयी हुँदा थमानसिंह थापाले ७६ मत ल्याए । उपसभापतिमा नन्दलाल शर्मा १२२ र ओम गौडेलले १०३ मत ल्याई विजयी भएका छन् । सचिवमा धनबहादुर थापा १३८ र चित्रप्रसाद शर्माले ११५ मतले विजयी भएका छन् ।

मोदी गाउँपालिकामा निर्देश लामिछानेले ५४ मत ल्याई सभापतिमा विजयी भएका छन् । सभापतिका उम्मेदवार दिपेन्द्रजंग लामिछानेले ३५ र पदमपाणि शर्माले ३४ मत ल्याए । उपसभापतिमा तीलप्रसाद पौडेल र पार्वती सुवेदी विजयी भएका छन् । सचिवमा कृष्ण मल्ल र जीवन्धर चपागाई विजयी भए ।

जलजला गाउँपालिकामा इन्दुप्रकाश पौडेल सभापतिमा विजयी भएका छन् । पौडेलले ८१ मत ल्याउनुभएको छ । हरिविकास जिसीले ६६ मत प्राप्त गरी पराजित हुनुभएको छ । उपसभापतिमा सावित्रा खत्री ९६, शशि आचार्य ८५, सचिवमा नवीन जिसीले १००, युवराज अर्मजाले ९५, सहसचिवमा रामकुमार पौडेल ६३, डम्बर विकले ६९ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत भवानी शङ्कर पौडेलले जानकारी दिए ।

अन्य सदस्यमा भने सहमति कायम गरी टुङ्ग्याएइको हो । पैँयु गाउँपालिकामा भने आइतबार अधिवेशन उद्घाटन र उम्मेदवारी दर्ता भएको छ । दक्षिण पर्वतको पैँयुमा सभापतिमा तोयानाथ भुसाल र डम्बर प्रधानका बीचमा निर्वाचन हुने भएको छ । अन्य केही पदमा पनि निर्वाचन हुने सम्भावना छ ।

सहमतिको प्रयास भए पनि उम्मेदवार टसमस नभएपछि आज निर्वाचन गर्ने तयारी रहेको पैँयु गाउँपालिकाका अध्यक्षसमेत रहेका कांग्रेस नेता खगेन्द्रप्रसाद तिवारीले जानकारी दिए । जिल्लाको महाशिला गाउँपालिकामा उज्ज्वल गुरुङ र विहादी गाउँपालिकामा विष्णु भुसालको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको छ ।

प्रतिक्रिया