पुस्तक

सकारात्मक सोचाइको महत्व समावेश भएको पुस्तक पढ्न चाहेको थिएँ, तर त्यस्ता पुस्तकले के नै राम्रो गर्ला भन्ने सोचेर मैले किताब नै किनिनँ । – रोनी सेक्स

पुस्तक पसलले मात्र मानिस अझै चिन्तनशील छन् भनेर प्रमाणित गर्छ । – जेरी सिनफिल्ड

पाठकलाई मरिमरि हँसाउन सक्ने पुस्तक लेख्न लेखकले ठूलो सजाय भोग्नुपर्छ । –अर्र्नेस्ट हेमिङ्वे

सबैले पुस्तक पढ्न पाए हुन्थ्यो भन्छन्, तर पढ्न भने कसैले जाँगर चलाउँदैनन् । – मार्क ट्वीन

राम्रो पुस्तकले आफ्नो पात्रका बारेमा सत्यता प्रस्तुत गर्छ भने नराम्रो पुस्तकले लेखकको सत्यता प्रस्तुत गर्छ । – जि.के. चेस्टरटन

मैले जीवनमा एउटा पुस्तक मात्र पढेको छु । त्यो यति राम्रो थियो कि मैले अर्काे पुस्तक पढ्ने झन्झट नै गरिनँ । – न्यानसी म्याटफड

राम्रो पुस्तक छान्नु छ भने दण्डाधिकारीको निषेधित सूची हेर्नुस् । – जोन एइकिन

प्रतिक्रिया