सिंह र अर्याल पुरस्कृत

काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो ५२औँ वार्षिकोत्सवको अवसर पारेर दिँदै आएको वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार जाजरकोटका महेन्द्रराज सिंह र पाल्पाका कुशल अर्याललाई प्रदान गरेको छ । राष्ट्रपति कार्यालयमा आयोजित पुरस्कार प्रदान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पुरस्कार प्रदान गरेकी हुन् । २०५६ सालदेखि सक्रिय पत्रकारितामा लागेका सिंह २०७१ सालबाट काउन्सिलमा प्रवेश गरी हाल वरिष्ठ प्रशासन साहयकको रुपमा कार्यतरत् छन् । त्यसैगरी एक दशकदेखि पत्रकारितामा लागेका आर्याल २०७३ सालदेखि मिडिया अनुगमनकर्ताको रुपमा काउन्सिल प्रवेश गरेका थिए ।

हाल उनी मिडिया अनुगमनका साथसाथै काउन्सिलको उजुरी विभागको कार्यभार सम्हालिराखेका छन् । काउन्सिलको कार्यसम्पादनमा अब्बल र अनुशासनपूर्वक जिम्मेवारी बहन गरेकै कारण उनलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको काउन्सिलले जनाएको छ । २०५० सालमा पाल्पाको निस्दी गाउँपालिकामा जन्मिएका अर्याल काउन्सिल सेवाको साथै विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन् । काउन्सिलबाट सम्मानित हुन पाउँदा आफूलाई पत्रकारितामा थप बलियो र जिम्मेवार बनाएको अर्यालले बताए । त्यसैगरी अर्याल र सिंहसँगै प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार जाजरकोटका राजनसिं ठकुरी र काभ्रेका मदनकृष्ण सिलवाललाई समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया