सौन्दर्यशास्त्रसम्बन्धी मार्क्सवादी चिन्तन

लोकनारायण सुबेदी

मार्क्सको के धारणा रहेको छ भने श्रम प्रक्रियाहरू अन्तर्गत नै मनुष्यमा सौन्दर्यानुभूतिका साथ–साथै ‘संगीतधर्मा कान’ तथा ‘रूपद्रष्टा आँखा’ को चेतना जाग्यो र तिनको विकास भयो । यसै प्रकारले एंगेल्सले पनि ‘वानरबाट नर’ (अर्थात् बाँदरबाट मान्छे) बन्ने प्रक्रियामा ‘हात’ को भूमिकालाई अत्यधिक महत्वपूर्ण मान्दै के स्पष्ट पारेका छन् भने ‘यस (हात) ले गर्दा नै ‘रायफालको जस्तो चित्रकारी, थोबल्दिसको जस्तो मूर्तिकारी तथा पागानिनीको जस्तो संगीतको अभिर्भाव हुन सक्यो ।’

सन् १८५० को दशकको अन्तिम र १८६० को दशकका आरम्भिक वर्षहरूमा युरोप र अमेरिकामा आर्थिक संकटपछि क्रान्तिकारी आन्दोलनमा फेरि उभार आयो । आर्थिक संकटको आरम्भ अमेरिकामा भयो र त्यसले चाँडै नै युरोपलाई पनि ग्रस्त बनायो । अन्ततः त्यसले पुँजीवादी इतिहासमा पहिलोपटक एउटा विश्वव्यापी संकटको रूप लियो । अमेरिकाको यो संकटको समाचार पाउने बित्तिकै माक्र्सले एंगेल्सलाई लेखेका थिए, ‘अमेरिकाको यो संकट बहुत ठूलो र अन्त्य नहुने किसिमको छ । सन्देह के छ भने ठूलो संख्यामा निर्यात फर्महरू कंगाल हुन जानेछन्, अहिलेसम्म त केही फर्महरू मात्रै यस्तो स्थितिमा पुगेका छन् । इंगल्यान्डमा यसको यत्तिका प्रभाव प¥यो कि लिभरपुलको सिटी बैंकसम्म यसबाट प्रभावित भएको छ ।’

संकटको फलस्वरूप उत्पादनमा जबर्जस्त कमी आयो । सम्पूर्ण पुँजीवादी अर्थव्यवस्थाका जोर्नीहरू हल्लिए । हजारौँ फर्महरू कंगाल बन्न पुगे । बैंक अफ इंगल्यान्डले नोट छाप्ने काम ग¥यो तर त्यसको मूल्य बराबरको सुन सुरक्षित कोषमा राखेन । मजदुर वर्गमाथि त झन् भयंकर संकटको पहाडै फुट्न गयो । इंगल्यान्डमा लभगभ ६० प्रतिशत औद्योगिक मजदुर पूर्णतः या आंशिकरूपमा बेरोजगार हुन गए । माक्र्सका गोजीमा पनि यो संकटको सोझो असर प¥यो । ‘न्यु योर्क डेली ट्रिब्युन’ मा प्रकाशित लेखहरूबाट हुने गरेको सानो आम्दानी पनि आधा मात्र रहन गयो । घरका सबै कुराहरू एकपटक पुनः बन्धक राख्ने दोकानमा पुग्न गए । आर्थिक संकटसँग सम्बद्ध आफ्ना लेखहरूमा माक्र्सले बताए कि पुँजीवादी अर्थशास्त्रीहरूद्वारा त्यसमाथि काबु पाउन गरिएका प्रयत्नहरू असफल हुनेछन् । उनले घोषणा नै गरे कि जबसम्म पुँजीवादी प्रणाली रहनेछ त्यसबेलासम्म आर्थिक संकट पनि कायम रहनेछ ।

यति मात्रै होइन माक्र्सवादको सौन्दर्यशास्त्र प्रतिको दृष्टिकोण पनि बढो वैज्ञानिक छ । माक्र्सवादी सौन्दर्यशास्त्रले साहित्य र कलामा अभिव्यक्त सौन्दर्यबोधको स्रोत तथा तिनका स्वरूपहरूकोे सामाजिक सन्दर्भलाई मध्यनजर राखेर तिनमाथि वस्तुपरक ढंगले प्रकाश पार्दछ । अर्कै शब्दमा भन्ने हो भने माक्र्सवादी सौन्दर्यशास्त्रको सारतत्व त्यसको वस्तुपरकता तथा समाजवादी मानवतामा निहीत रहेको हुन्छ ।माक्र्स–एंगेल्सका लागि सौन्दर्यको वस्तुगत सत्ताको दृढताकासाथ प्रतिपादन गर्नु यस कारणले पनि अत्यावश्यक भएको थियो कि उनीहरूभन्दा पहिलाका सबैजसो भाववादी विचारकहरू सौन्दर्यलाई सधँै नै कुनै अतिन्द्रीय लोकको सत्ता मानेर त्यसको सामाजिक उपलब्धिलाई नजरअन्दाज गरिदिने प्रवृत्तिबाट परिचालित र आक्रान्त थिए । उसो त आज पनि कला, साहित्य एवं संस्कृतिको क्षेत्रमा सक्रिय शुद्ध सौन्दर्यवादी विचार र विचारकहरूको कुनै कमी छैन, जो सौन्दर्यको निरपेक्ष सत्तामा विश्वास राख्ने गर्दछन् । मार्क्सवादी सौन्दर्यशास्त्रका ज्ञाताहरूले यसको खण्डन गर्दै प्रष्ट पार्ने प्रयत्न गरेका छन् ।

उनीहरूले भनेका छन्, ‘आदर्शवादी भाववादी सौन्दर्यशास्त्रीहरू सौन्दर्यलाई मनोवैज्ञानिक संवेदनाहरूकै रूप–रूपान्तरलाई मूलभत तथा चरम मानेर चल्ने साधारण रूपले, त्यसको कुनै अतिन्द्रीय सत्ताको आत्मप्रकाश पनि मान्दछन् । त्यस्ता आदर्शवादी भाववादीहरूमा विभिन्न पन्थ उप–पन्थहरू छन् । तिनले मानव इतिहासको पनि त्यसरी नै व्याख्या गर्दछन् जस्तो प्रकारले उनीहरू जगतको आध्यात्मिक व्याख्या गर्ने गर्दछन् । फलतः उनीहरूका लागि इतिहास, समाज शक्ति मनुष्यको परिवेशको रूपमा उपस्थित हुने गर्दछ । उनीहरूले त्यसलाई त्यो मूलभूत क्रिया मान्दैनन् जुन मानिसलाई प्रारम्भिक पाशव स्तरबाट उठाएर मानव स्तरसम्म तथा त्यसभन्दा पनि माथि लगातार त्यसको उन्नयन गर्दै आइरहेका छन् । जुन कुराले यथार्थतः तिनको आत्मलाई वास्तविकता प्रदान गरेको छ ।’ यसलाई अझ स्पष्ट पार्दै माक्र्सवादी सौन्दर्यशास्त्रीले भन्दछन्, ‘शुद्ध साहित्यिक सौन्दर्य, मात्र सौन्दर्य निरपेक्ष सत्ता स्वीकार गर्ने मानिसहरू या त स्वयं धोकामा परेका छन् या उनीहरू अरूलाई धोका दिन चाहन्छन् ।’

माक्र्सवादी सौन्दर्यशास्त्रले मनुष्यलाई उसको सामाजिक चेतनाकै अंग या अवयवको रूपमा स्वीकार गर्दछ । स्पष्ट छ कि माक्र्स–एंगेल्सका रचनाहरूले अरस्तुको ‘पोयटिक्स’ या क्रोचेको ‘एस्थेटिक्स’ जस्तै कुनै सुव्यवस्थित ‘सौन्दर्यशास्त्र’ का निर्माण गर्दैन । परवर्ती विचारकहरूले आफ्ना अकाट्य तर्कहरूबाट के सिद्ध गरिदिएका छन् भने माक्र्सवादी सौन्दर्यशास्त्र मार्क्स–एंगेल्सका साहित्य विषयक निष्कर्षहरूको प्रतिध्वनिको साटो उनीहरूद्वारा प्रवर्तित द्वन्द्वात्मक भौतिकवादकै आधारमा निर्मित छ । ‘ए कन्ट्रिब्युसन टु द क्रिटिक अफ पोलिटिकल इकोनोमी’ को प्रस्तावनामा माक्र्सले लेखेका छन् कि, ‘आफ्नो जीवनकोे सामाजिक उत्पादनमा मानिसहरू यस्ता निश्चित सम्बन्धहरूमा बाँधिन पुग्दछन् जुन सम्बन्ध अपरिहार्य र तिनको इच्छाभन्दा स्वतन्त्र हुन्छ । उत्पादनको यो सम्बन्ध, उत्पादनका भौतिक शक्तिहरूको विकासको एउटा निश्चित चरणकै अनुरूपका हुन्छन् । त्यो उत्पादन सम्बन्धको पूर्ण समाहार नै समाजको आर्थिक ढाँचा हो अर्थात् वास्तविक आधार हो जसमाथि कानुन र राजनीतिको ऊपरी ढाँचा खडा हुन जान्छ र त्यस अनुकूल नै सामाजिक चेतनाका पनि निश्चित रूपहरू बन्ने या हुने गर्दछन् । भौतिक जीवनको उत्पादन पद्धतिले जीवनका आम सामाजिक, राजनीतिक र बौद्धिक प्रक्रियालाई निधारित गर्दछ । मानिसको चेतनाले उसको अस्तित्वलाई निर्धारण गर्दैन, बरु त्यसको ठिक विपरीत मानिसको सामाजिक अस्तित्वले उसको चेतनालाई निर्धारण गर्दछ ।’

माक्र्सको उपर्युक्त अत्यन्तै महत्वपूर्ण र आधारभूत कथनलाई केन्द्र बिन्दुमा राखेर नै लुकाच, काडवेल, ब्रेख्त, रोजर गारोदी, फिसर आदि चिन्तकहरूले पनि सौन्दर्यशास्त्रका आधारभूत समस्याहरूमाथि यथार्थवादी दृष्टिबाट विचार बिमर्श गरेका छन् । यी सबै बिशिष्ठ विचारकहरू कला–साहित्यको स्वायत्त एवं समाज निरपेक्ष अस्तित्वजस्ता भाववादी विचारकहरूका धारणा विपरीत त्यसलाई श्रमको ऐतिहासिक प्रक्रियाअन्तर्गत विकसित भएको मान्दछन् । जसअन्तर्गत कला–साहित्य र त्यसका मनोगत संघटकहरूको विकास हँुदै आइरहेको छ । माक्र्सको के धारणा रहेको छ भने श्रम प्रक्रियाहरूअन्तर्गत नै मनुष्यमा सौन्दर्यानुभूतिका साथसाथै ‘संगीतधर्मा कान’ तथा ‘रूपद्रष्टा आँखा’ को चेतना जाग्यो र तिनको विकास भयो ।

यसै प्रकारले एंगेल्सले पनि ‘वानरबाट नर’(अर्थात् बाँदरबाट मान्छे) बन्ने प्रक्रियामा ‘हात’ को भूमिकालाई अत्यधिक महत्वपूर्ण मान्दै के स्पष्ट पारेका छन् भने ‘यस (हात) ले गर्दा नै ‘रायफालको जस्तो चित्रकारी, थोबल्दिसको जस्तो मूर्तिकारी तथा पागानिनीको जस्तो संगीतको अभिर्भाव हुन सक्यो ।’ एंगेल्सको यस सारगर्भित र महत्वपूर्ण कथनको बिश्लेषण गर्दै भारतीय प्रगतिशील लेखक डा.रमेश कुन्तल मेघले लेखेका छन्, ‘एंगेल्सले सौन्दर्य सिर्जनालाई सबैभन्दा पहिला समाजशास्त्रीय शर्तको त्यस युगदेखि मानेका छन् जतिबेला बन मासिहरूको चौपायभन्दा माथि विकास भएर तिनबाट दोपाय मानिसको अभिर्भाव भयो र यसरी हात स्वतन्त्र हुन पुगे ।’

हात केवल परिश्रमका उपकरण मात्र होइनन् ती श्रमका परिणाम पनि भए र हुन् । मानिसका हातहरूले नै उत्कर्षको भब्य उचाइहरू प्राप्त गरे र सुन्दरतम सौन्दर्य सिर्जना गरे । हातले नै धनुष–बाण तथा स्पूतनिकहरू र अपोलोजस्ता यानहरूको निर्माण गरेका हुन्, अनि हातले नै भीमकाय प्रतिमाहरू बनाएका हुन् । अनि हातले नै स–साना तन्तुहरूदेखि लिएर कम्प्युटरजस्ता अत्याधुनिक उपकरणहरू बनाएका हुन् । त्यसैले हात सौन्दर्य सिर्जना गर्ने विभिन्न बाह्र प्रक्रिया र कौशल समेतको प्रतीक बनेका हुन् । सौन्दर्यशास्त्रसम्बन्धी माक्र्सवादी चिन्तनको आधारभूत र महत्वपूर्ण सार यही नै हो ।

प्रतिक्रिया