मनमोहन स्मृति प्रतिष्ठानको भवन सिलान्यास

कालिकोट । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाही, विरिष्ट नेता तुलाराज विष्ट तथा अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा भवनको सिलान्यास गरिएको छ ।

पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको सम्झनामा निर्माण हुन थालेको मनमोहन स्मृति प्रतिष्ठानका लागि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका जनप्रतिनिधि,नेता तथा कार्यकर्ताहरुले आर्थिक र भौतिक सहयोग गर्ने छन् ।

करिव ७० लाखको लगानीमा बन्न लागेको मनमोहन स्मृति प्रतिष्ठानको भवनको जग्गा २०७२ सालमा ४ लाख ६५ हजार लगानी गरी ६५ बर्गमिटर खरिद गरिएको थियो । नेकपा एमाले पार्टीले पनि उक्त जग्गाको लागि चासो भने देखाएको थियो ।

नेकपा एमाले र एकिकृत समाजवादी पार्टीको भाग हुनु पर्ने नेकपा एमालेका नेताहरुको भनाई छ । मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्र बहादुर शाही लगाएत ठुला पदहरुमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको बहुमत बढि छ । यसै कारण पनी उक्त जग्गामा नेकपा एकिकृत समाजवादीका नेताहरुले मनमोहन स्मृति प्रतिष्ठानको भवन लगाउने आँट गरेको हुन् ।

संविधानसभा सदस्य तुलाराज विष्ट माननिय हुँदा उक्त रकमको जोहो गरी जग्गा खरिद गरेका हुन् । संविधानसभा सदस्य तथा वरिष्ठ नेता तुलाराज विष्ट एकिकृत समाजवादीमा नै छन् ।

आफ्नो कार्यकालमा आफुले विनियोजन गरेको रकमबाट भवनका लागि जग्गा खरिद गरेको र उक्त जग्गाको लालपुर्जा, बैंक खाता सबेमा एकिकृत समाजवादीका नेताहरुको हक अधिकार रहेकाले नेकपा एमालेको कुनै दावी नरहेको एकिकृत समाजवादीका नेताहरुको भनाई छ ।

कर्णाली प्रदेश सकारका भृुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेश सरकारसँग मनमोहन स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि सक्दो सहयोग गर्ने बताए । संविधान सभा सदस्य तुलाराज विष्ट,कर्णाली प्रदेश सकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाही, जिल्ला कमिटिका सदस्य,स्थानीय तहका जनप्रतिनिधि र अन्य नेता तथा कार्यकर्ताहरुको पहलमा मनमोहन स्मृति प्रतिष्ठानको भनव सिलान्यास गरिएको छ ।

आर्थिक सहयोगका लागि सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका जिल्ला सचिव चित्रसिंह गाउँले, उपसचिव कमलबहादुर शाही, नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्ट, शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाँई, उपाध्यक्ष पम्फा कुमारी शाही, अनेरास्ववीयूका केन्द्रीय सचिवालय सदस्य अमित मिलन शाही, हिक्मतजंग मल्ल, युवा संघका केन्द्रीय सदस्य भरत शाही लगायत पार्टीका नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।

मनमोहन स्मृति प्रतिष्ठानको भवन भने सदमुकाम मान्मको प्रतिमाचोक नजिकै बन्ने छ । भवन उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका नेताहरुले आफ्नो पार्टीलाई समाजका नागरिकहरुको भर भरोसाको केन्द्र बनाउने बताए ।
कार्यक्रमको सञ्चालक नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका कार्यालय सचिव भुपेन्द्र बमले गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया