बुटवलका मेयरमाथि आक्रमण गर्ने विरूद्ध मुद्दा नचलाउन आग्रह

काठमाडाैं । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले प्राविधिकसहित ज्योतिनगर क्षेत्रको पहिरो अवलोकनमा गएका बुटवल मेयर शिवराज सुवेदीमाथि आक्रमण गर्ने व्यक्तिमाथि मुद्दा नचलाउन आग्रह गरेको छ । सोमबार पहिरोको अवलोकन गर्न गएका मेयर सुवेदीमाथि भएको आक्रमणको आलोचना गर्दै एमाले नगर अध्यक्ष बाबुराम पन्थीले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा चलाउन दबाब नदिने बताएका हुन् ।

स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई सोमबार मुक्का हानेपछि सबैतिरबाट घटनाको विरोध तथा दोषीलाई अनुसन्धानमा ल्याउन दबाब आएपछि सोमबार साँझ नै उनी पक्राउ परेका छन् । चुरेको पहिरो नियन्त्रण र व्यवस्थापनमा चासो देखाउन संघ र प्रदेश सरकारसँग माग गर्दै पन्थीले पहिरोग्रस्त क्षेत्रको जोखिम स्थानीय सरकारको पहुँचमा नभएकाले संघ र प्रदेश सरकारले चासो देखाउनुपर्ने बताए ।

प्रतिक्रिया