पर्सामा ६ वटा नवनिर्मित सशस्त्र बिओपी भवनको उद्घाटन

पर्सा । छिन्नमस्त बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव निरीक्षक प्रकाशचन्द्र गौतमले आज छिपहरमाई गाउँपालिकाको भिस्वा बंजारीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरी प्रदेश २ का प्रमुखसमेत रहेका गौतमले आज एकैदिन पर्सा जिल्लामा नवनिर्मित ६ वटा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

उक्त प्रहरी बल बोर्डर आउट पोष्ट उद्घाटन गर्दै नायव निरीक्षक गौतमले जनताहरुको सहयोग र सहकार्यविना कुनै सम्भव नहुने र शान्ति सुरक्षाको उचित प्रबन्ध भएन भने विकास नहुने भन्दै सीमा सुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले अतुलियन योगदान पुर्याएको चर्चा गरे ।

देशमा आएको करोनाको समयमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटेर जनताहरुलाई बचाउन सहयोग गरेकोमा सशस्त्र प्रहरीहरुलाई उनले धन्यवाद समेत दिए । अन्य प्रदेशको तुलनामा प्रदेश २ का सशस्त्र प्रहरीहरुले उत्कृष्ट काम गरेको हुँदा आफ्नो मातहतका सशस्त्र प्रहरीहरुलाई गौतमले बधाई समेत दिए ।

सरकारको नीति अनुसार सीमानामा ५ सय बिओपी पोष्ट स्थापना गर्ने लक्ष्य रहेको र त्यसअन्तर्गत कै आज पर्साको ६ स्थानमा बिओपी भवन उद्घाटन गरिएको हो । सीमा आफैंमा संवेदनशील विषयवस्तु भएकाले दुई देशको समन्वयमा कुशलतापूर्वक सशस्त्र प्रहरीले जिम्मेवारी निर्वाह गरिरहेकाले सीमामा आइपर्ने हरेक समस्यामा सुरक्षा निकाय र जनस्तरमा आपसी समन्वय गरी समाधान खोजिनुपर्ने धारणासमेत गौतमले व्यक्त गरे ।

खुल्ला सीमा भएकाले जस्तोसुकै गतिविधि हुने भएको हुँदा गैर कानूनी गतिविधिलाई सशस्त्र प्रहरीले क्षमा नदिने भन्दै सीमा सुरक्षा र शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्न गौतमले निर्देशन समेत दिएका थिए । सो अवसरमा उनले सशस्त्र प्रहरीहरु हरपल जनताको सेवामा अझै ाडा रुपले लाग्नुपर्ने पनि बताए ।

भने, ‘यद्यपि मेरो मातहतका सशस्त्र प्रहरीहरुले जनताहरुलाई दुःख दिने काम गरेमा मलाई जानकारी दिनु, म उनिहरुलाई कारवाही गर्न तयार छु ।’ । भिस्वाबंजारी, पकहामैनपुर, अमरपटी, ठोरीको २ भन्सार, ठोरी ३ ब्रहम नगर र ठोरी ५ सुवर्णपुरमा सशस्त्र प्रहरी बिओपी नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ ।

बिओपी उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका, बिओपी भिस्वा बंजारीका सशस्त्र प्रहरी निरिक्षक कृष्ण पौडेल, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पूर्वमुखिया रामेश्वर महतो, समसुल मियाँ, वाडाध्यक्ष रामबालक राउत गदी, जितेन्द्र वर्मा, बिओपी भिखमपुरका सशस्त्र प्रहरी निरिक्षक राजाराम बस्नेत लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया