पोखरीमा आमा–छोरा मृत फेला

काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका– २ धरमपुरस्थित एक पोखरीमा आमा–छोरा मृत फेला परेका छन् । स्थानीय अशोक सिंहकी श्रीमती २८ वर्षीया अर्चना सिंह र ४ वर्षीय छोरा कुशकुमार सिंह पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनिहरु मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पोखरीमा तैरिरहेको अवस्थामा फेला परेका उनिहरुको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।

सेटरिङ कार्पेन्टरको काम गर्ने श्रीमान् अशोक भने आइतबार नै कामका लागि महेन्द्रनगरतर्फ गएको र राति घर नफर्केको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया