मृत्यु

जसले मृत्यु बुझेको हुँदैन उसको जीवन अस्तव्यस्त हुन्छ ।

– अजाहन चाह

बाँच्ने अभ्याससँगसँगै म मर्ने अभ्यास पनि गर्दै थिएँ ।
–लियोनार्दो दा भिन्ची

मृत्युको पीरमा बसेर जीवन बर्बाद गर्नुजस्तो ठुलो भूल केही छैन ।
–डेविड सार्नाफ

कोही मानिस मर्न यति डराउ“छन् की उनीहरु आफ्नो जीवनको सुरुवातै नगरी मर्छन् ।
–हेनरी भ्यान

मृत्युदेखि नडराउने मानिस जीवनमा केवल एकपटक मात्रै मर्छ ।
–गियोभ्यानी फ्ल्कोन

जुन दिनलाई हामी आफ्नो जीवनको अन्तिम दिन ठान्छौँ त्यो नै हाम्रो मुक्तिको दिन हो ।
–सेनेका

मृत्यु यस्तो ऋण हो जुनलाई हामी सबैले तिर्न मन नलागे पनि तिर्नुपर्छ ।
– युरिपाइडस्

जन्म केही होइन, केवल मृत्युको सुरुवात हो ।
–इडवार्ड योङं

हाम्रो जीवनको प्रमुख लक्ष्यनै मृत्यु हो ।
–सिग्मन्ड फ्रायड

मृत्यु थाकेको मान्छे विसाउने चौतारी हो ।
—हेरोडोटस्

म निराश भएर मर्दिन । जीवन पूर्ण रुपले बांचेपछिमात्रै मर्छु ।
—विला काथर

मर्नु फेरि जन्मनु हो । – शुक्रराज शास्त्री

जन्म र मृत्युको लागि कुनै औषधी छैन । – जर्ज सान्त्याना

मानिस भन्छन् ‘मर्न कति गाह्रो होला’ । बाँच्नलाई गाह्रो मानिरहेका मानिसको मुखबाट सुनिने यो अनौठो कुरा हो । – मार्क ट्वीन

म मर्नदेखि डराउँदिन । यो त केवल जिन्दगीको खेल खेल्ने क्रममा मोलिने खतरा हो । – जीन गिरौडक्स

हाम्रै ज्ञानले हामीलाई अज्ञानी जनावरभन्दा दुःखद् मृत्यु भोग्न बाध्य पार्दछ । – मौरिस म्याइटरलिङक

प्रतिक्रिया