कार्टुनिस्ट सम्मानित

काठमाडौं । कार्टुनिस्टद्वय मोहनश्याम महर्जन ‘खोकना’, र गेहेन्द्रमान अमात्य सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको प्रथम राष्ट्रिय सम्मेलनको अवसर पारेर खोकना र अमात्यसँगै ७० वर्ष नाघेका सञ्चारकर्मी श्याम चित्रकार र समज्ञ लाकौललाई अर्थमन्त्री जनार्दन शर्माले ‘राष्ट्रिय पत्रकारिता सम्मान’ बाट सम्मानित गरे ।

यस्तै, ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन–२०७८’ बाट कार्टुनिस्ट विरोचन मल्ल ठकुरी, फोटो पत्रकार चन्द्रबहादुर आले, चलचित्र पत्रकार रिना मोक्तान, आर्थिक पत्रकार मेनुका कार्की, खेलकुद पत्रकार जीतबहादुर साउद, सामाजिक÷राजनीतिक पत्रकार गोविन्द मरासिनीलाई पुरस्कृत गरेको छ ।

सम्मेलनमा एसोसिएटमा आवद्ध खेलकुद पत्रकार मञ्च, नेपाल कार्टुनिस्ट क्लब, चलचित्र समीक्षक समाज, फोटो जर्नालिस्ट क्लब, एभरेस्ट प्रेस क्लब, नेपाल पत्रकार मञ्च, चलचित्र पत्रकार संघ, पर्यटन पत्रकार मञ्च, पत्रकारिता विकास समाज, अनलाइन पत्रकार संघ, पत्रकारिता अनुसन्धान तथा तालिम समाज, दक्षिण एसियाली पत्रकार मञ्च लगायत १२ संस्थाका प्रतिनधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया