रंग‍-विविध

यी हुन, संविधान दिवसको अवसरमा विभूषित हुने कलाकार

सौर्य अनलाइन २०७८ असोज ३ गते १२:०८ मा प्रकाशित

लोक गायिका विष्णु माझी

काठमाडौं । संविधान दिवसको अवसरमा अन्य क्षेत्रसँगै कला क्षेत्रबाट देशलाई योगदान दिएको ठहर गर्दै विभिन्न व्यक्तिलाई सम्मानित गरिने भएकाे छ । सुप्रिद्ध प्रबल जनसेवाश्री चतुर्थबाट लोक गायिका विष्णु माझी, कलाकार नवल खड्का, प्रकाश घिमिरे, रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, संगीतकार कस्तुप पन्तलाई विभूषण गरिएको छ ।

अभिनेत्री केकी अधिकारी, अनमोल केसी, गायक प्रकाश सपूत, हेमन्त शर्मालाई भने सरकारले जनसेवाश्री पदकबाट विभूषण गरिएको छ । हास्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नविन कुमार पौड्याल, बहिरा कालकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिव शंकर रिजाल(जोगेन्द्र), राजकुमार राई, मैथली कलाकार रन्जु झालाई पनि यही पदकबाट विभूषित गरिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय