बुद्धभूमि हाइड्रोपावरले असोज ११ गतेबाट आईपीओ निष्काशन गर्ने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।जसमध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरि बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आह्वान गरिएको आवेदन पूरा नभएमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेरो सेयर एप र मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । यसअघि पहिलो चरणमा कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो।

प्रतिक्रिया