खोजखबर

‘संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन सक्दैन’

सौर्य अनलाइन २०७८ असोज ३ गते १०:३७ मा प्रकाशित

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले संविधान राज्यव्यवस्था सञ्चालन गर्ने साधन मात्र नभई साध्य बन्नसके मात्र संवैधानिक शासनमार्फत् राजनीतिक स्थिरता कायम हुनसक्ने उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘राजनीतिक स्थिरताका लागि सरकार, राजनीतिक दल, नागरिक समाजलगायत सबै जनतामा संविधानप्रति अपनत्व र आस्था वृद्धि गराउँदै यसप्रतिको स्वीकार्यतालाई अझ बढाउँदै लैजानुपर्ने आवश्यकता छ ।’

सन्देशमा संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने जनाउँदै यसलाई सुशासनको वाहक बनाउन कानूनी शासन र संविधानवादमार्फत् संविधानको व्यावहारिक कार्यान्वयनप्रति सबै प्रतिबद्ध बन्नुपर्ने उल्लेख छ ।

‘सम्मानित सर्वोच्च अदालतको फैसलापछि त्यसले आफ्नो मार्ग समातेको छ, आगामी दिनमा यस्ता विवाद सिर्जना नगरी देश र नागरिकलाई केन्द्रमा राख्न राजनीतिक दलले प्रतिबद्धता जनाउन जरुरी छ’, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय