रंग‍-विविध

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

सौर्य अनलाइन २०७८ असोज ३ गते ६:५८ मा प्रकाशित

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर उनले निकै चर्चा कमाएका थिए । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भएका छन् । उनले स्कुटर प्राप्त गरेका छन् ।

यस्तै फस्ट रनरअप भएर बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन् । ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले विजेताको घोषणा गरेका थिए। यस्तै वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ सेकेण्ड रनरअपको घोषणा गरेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय