छोटो समय भएपनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य

सिन्धुली । छोटो समयमा राम्रो काम गरेर देखाउने ढंगले आफ्नो नेतृत्वको सरकार लागि परेको बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यले बनाएकी छन् ।

शनिबार नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पार्टी फुटेका कारण आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेकाले छोटो समय भएपनि राम्रो काम गरेर देखाउने बताएकी हुन् ।

‘हामीले विश्वासको मत लिनुपर्ने छ, हामी धेरै समय नरहन पनि सक्छौँ तर अहिले हामीले आफ्नो व्यक्तिगत भन्दा पनि आम जनताका कामहरुलाई पहिलो प्राथमिकतारामा राखेर काम गरिरहेका छौँ’, उनले भनीन् । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

‘हामीले स्वास्थ्यलाई विषेश प्राथमिकतामा राखेर काम सुरु गरेको छौँ, हामी काम नगरि दिन गन्ती गरेर बस्दैनौँ, छोटो समय भए पनि हामी राम्रो काम गरेर देखाउँछौँ’, मुख्यमन्त्री शाक्यले थपिन् । पार्टी फुटाएर शक्ति प्राप्त नहुने भन्दै उनले नेकपा एमाले एक ढिक्का हुनुपर्नेमा जोड दिइन् । ‘पार्टी फुटले शक्ति पैदा हुँदैन, पार्टी एक जुटभयो भने बलियो हुन्छ ।

त्यसकारणले पाटीलाई बलियो बनाउन तिर लागौँ, फुटाउने काम नगरौँ, चित नबुझेको कुरा आमुनेसामुने राखेर छलफल गरौँ, पार्टीमा व्यक्ति ठुलो हुदैन, पार्टीमा विचार, विधिसम्मत र सामुहि नेतृत्व ठुलो हुन्छ’, मुख्यमन्त्री शाक्यले भनिन् । उनले फुटले पार्टीमा शक्ति पैदा नहुने भन्दै पार्टी फुटाएर गएका माधवकुमार नेपाल लगाएतलाई पार्टीमै एकजुट हुन आग्रहसमेत गरिनन् ।

प्रतिक्रिया