रानी शाक्यको ‘मायाँले नै हो’ सार्वजनिक

 

काठमाडौं । रानी शाक्यको नयाँ पप रोमान्टिक गीत ‘मायाँले नै हो’ सार्वजनिक भएकाे छ । दिनेश सुवेदीको शब्द र कर्साङ लामाको संगीत र एरेन्जमेन्ट रहेको गीत ‘के छ तिम्रो मनैमा’ कर्साङले गायिका रानी शाक्यलाइ साथ दिएका छन। संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धी पौडेलको अभिनय रहेको छ ।

उत्सव दाहालको सिनेमाटोग्राफी, शिलन लम्सालको कलर ग्रेडिङ र सम्पादन रहेको भिडियोलाइ जीवन शाहीले निर्देशन गरेका हुन । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन । आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।

 

प्रतिक्रिया