सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती खोलामा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ । इन्द्रावती गाउँपालिका – ५ माझीबगरस्थित इन्द्रावती खोलामा भेटिएको शव ५५ वर्षीया जुना सार्कीको रहेको जिल्ला प्रशरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
उनी २८ गते भदौ छोरी पार्वती सार्की र नातिनीलाई पुर्याउन पाँचपोखरी थाङपाल गाउँपािलका – ७ स्थित छोरीको घरमा गएकी थिइन् । २९ भदौ बिहान छोरीको घरबाट आफ्नो घरतर्फ फर्के पनि दुई दिनसम्म घरमा नआइपुगेकाले परिवार र आफन्तरले खोजतलासका ला लागि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार इन्द्रावती गाउँपालिका(५ माझीबगरस्थित इन्द्रावती खोलामा पानीमा डुवेको अवस्थामा शव फेला पारेको थियो । उनको शव परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया