थपिए एक हजार ५५८ जना संक्रमित, एक हजार ३५१ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आज एक हजार ५५८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी एक हजार ३५१ जना संक्रमणमुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ११७ जनाको भेन्टिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

१५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा आजै १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया