चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंस्थित थलीबाट चोरीका मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरि लगीरहेको अवस्थामा बाग्मती प्रदेश ०२–०१५ प ६१७२ नम्बरको २२० सिसिको कालो निलो पल्सरसहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई कागेश्वरी–मनहरा वडा नं. ५ स्थित थलीबाट पक्राउ गसरएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उनले उक्त मोटरसाईकल धनी खोटाङ्ग घर भई काँडाघारी बस्ने संजीब राईले यहि भदौ ३१ गते अन्दाजी ४ बजे पार्किङ गरिरहेको अवस्थामा लभडाँडा काँडाघारीबाट हराएको भनी जानकारी दिएका थिए भने सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको बताए ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने वर्ष २६ का जीतबहादुर र २४ वर्षे विष्णु तामाङ (पाख्रीन) समेत भई चोरी गरेको र निजहरुसँग अर्को चोरीको मोटरसाईकल समेत रहेको खुल्न आएको थियो । निजहरुलाई खोजतलास गर्ने क्रममा माकलबारीबाट भाद्र १५ गते कोटेश्वरबाट हराएको निलो रङको २२० सिसिको पल्सर ्सहित पक्राउ परेका हुन् ।

तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१ प ७२८६ नम्बरको उक्त मोटरसाईकलमा नम्बर परिवर्तन गरि प्रदेश ३–०२–००७ प ८४९४ भएको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका जीतबहादुर र विष्णु दाजुभाई रहेको समेत अनुसन्धानबाट खुल्न आएको ट्राफिक महाशाखाले जनाएको छ ।

मोटरसाईकल चोरीमा संलग्न तीनै जनालाई मोटरसाईकलसहित महानगरीय प्रहरी बृत्त बानेश्वरमा थप अनुसन्धान एव कारबाहिको लागी पठाएको ट्राफिक महाशाखाले जनाएको छ ।

२४ वटा मोटरसाईकल धनिलाई जिम्मा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन् ।

मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए ।

उनले सवारी साधनको चोरी न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको र सम्बन्धित धनीहरुले समेत सुरक्षाका उपाय र सजक रहनु पर्ने बताए ।

रोहन शर्मा, प्रदिप लामा, नारायण गिरी, सन्देश पुन मगर, मिनबहादुर लामा, भरत कुमार पोखरेल, कृष्णगरि बिष्‍ट, राजु श्रेष्ठ, सुरेश लामिछाने, निरन पाण्डे, लिला बहादुर आले, हरिभक्त शाही, भाईराजा कार्की, सुसिला सिलवाल, सन्देश आचार्य, शुक्रजंग पाण्डे, मिलन कुमार जोशी, राजिभ अर्याल, राजेन्द्र केसी, किर्पा घले, अनिल पौडेल, भैरव परियार, बाजेन्द्र थापा र फुर्वा नाम्गेल शेर्पाको हराएका मोटरसाइकलहरू यस महाशाखाको पीडित सहायता ईकाईबाट खटिएको ट्राफिक प्रहरी टोलीले खोजतलास एव पक्राउ गरि सम्बन्धीत धनीलाई बुझाएको हो ।

प्रतिक्रिया