सुपथ मुल्य पसल सञ्चालनमा

काठमाडौं । शुक्रबार देखी दसैं, तिहार र छठपर्वलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालन हुने भएका छन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी,साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थानले दसैं, तिहार र छठपर्वलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालन ल्याएका हुन ।
सुपथ मुल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चालम, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी खसीबोकामा छुट दिएको छ । साल्ट ट्रेडिङ नुन र चिनी लगायतका खाद्य वस्तुमा छुट दिएको छ भने दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ ।

खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकेजी १० रुपैँया छुट दिएको छ । यसैगरी पिठो, चिउरा, तोरीको तेल, सनप्mलावरको तेल, दालमा प्रतिकेजी ५ रुपैँया छुट दिएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकेजी ५० रुपैयाँ र पनिरमा प्रतिकेजी २० रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैँया र नुनमा २ रुपैयाँ छुट दिएको छ ।

खाद्य व्यापार कम्पनीले देशका विभिन्न ३९ जिल्लाको ४३ वटा स्थानबाट सुपथ मुल्य पसल सञ्चालन गरेको छ भने साल्ट ट्रेडिङ कर्पाेरेसन, देशमा विभिन्न ३२ स्थानबाट सुपथ मुल्य पसल सञ्चालन गरेको छ । साल्ट ट्रेडिङ सुपथ मुल्य पसलबाट नुन प्रतिकेजी १८ पैसाँमा पाउने छ भने चिनी प्रतिकेजी ७९ रुपैँयामा पाउने छ । साल्ट ट्रेडिङका अनुसार चिनी प्रति व्यक्ति २ केजी मात्र पाउने छ भने नुन ६ केजी किन्न पाइने छ ।
खाद्य व्यापार कम्पनीले काठमाडौँ उपत्यका थापाथाली, सुर्य विनायक लगायतका चार स्थानबाट सुपथ पसल सञ्चालन गर्ने छ । यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यका विभिन्न कालिमाटी, कोटेश्वर, सतुगल , जावलाखेल, भक्तपुर गरी ६ स्थानमा सञ्चालन हुने छन् भने ३ वटा घुम्ती सेवा सञ्चालन हुने कर्पाेरेसनका प्रवक्ता कुमार राज भण्डारीले बताएका छन । यसैगरी खाद्य व्यापार कम्पनीले अनलाइन मार्फत पनि सहुलियत दिएर उपभोक्ताको घरमा खाद्य वस्तु प¥याउने जनाएको छ ।

सरकारले दसै तिहार र छठ जस्ता पर्वमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने हुँदा बजार निजी व्यापारीहरुको मनपरी मूल्यलाई नियन्त्रण गर्न सरकारले दसै तिहार छठपर्वलाई लक्षित गरि खाद्य व्यापार कम्पनी र साल्ट टे«डिग कर्पोरशन मार्फत सुपथ पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको हो । सुपथ मुल्य पसल १ असोज देखि २४ कार्तिक गत सम्म सञ्चालन हुने छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसन, दुग्ध संस्थान मार्फत सुपथ मुल्य पसल सञ्चालन हुने छन् । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुँदा निजी क्षेत्रले खाद्यन्न वस्तुमा अस्वाभाविक मुल्य बढाएर उपभोक्ता ठग्न सक्ने भन्दै सरकारले बजार मुल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया