सोनुको घर र कार्यालयमा छापा

मुम्बई । भारतीय अभिनेता अभिनेता सोनु सूदको घरमा आयकर विभागले छापा मारेको छ । कोरोना कहरपछि समाजसेवामा सक्रिय उनको दैलोमा मानिस आफ्ना समस्या लिएर जान्छन् र त्यसको समाधान पनि लिएर फर्कन्छन् । समाजसेवी अभिनेता सूदको घरमा बुधबार भारतीय आयकर विभाग छापा मा¥यो । यो समाचार बाहिरिएलगत्तै भारतीय सञ्चार माध्यमदेखि राजनीतिक पार्टी तरंगित बनेका छन् ।

समाचार अनुसार आयकर अधिकृतले सूद सम्बद्ध कार्यालय र कम्पनीमा मुम्बई, लखनउ लगायतका विभिन्न ६ स्थानमा छापा मारेका हुन् । सामाजिक सञ्जालमा टेड्रिङमा यो समाचार आएपछि भारतका आम आदमी पार्टी, तृणमूल कंग्रेस र सूदका प्रशंसकले आयकर अधिकृतद्वारा गरिएको कारबाहीप्रति प्रश्न उठाएका छन् । बिबिसी हिन्दीले आम आदमी पार्टीले यो अभिनेता सूदलाई ‘डर देखाउने प्रयास’ हो भन्ने समाचार प्रकाशित गरेको छ ।

सूदको कम्पनी र एउटा रियल स्टेटबीच भएको कारोबारबारे आयकर विभागले अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त छानविनका क्रममा अभिनेता सूदले कर छलेको आरोपमा छापा मारिएको आयकर विभागले दाबी गरेको छ । विभिन्न समस्यामा परेका सर्वसाधारणलाई सहयोग गरेर समाजसेवी पहिचान बनाएका सूद कोरोना महामारीका क्रममा देखाएको सक्रियतापछि निकै चर्चामा आएका थिए ।

प्रतिक्रिया