डान्स च्याम्पियन हुँदै

काठमाडौं । नेपालकै ठुलो दावी गरिएको ‘रियालिटी डान्स च्याम्पियन सो’ हुने भएको छ । इन्टरनेसनल डान्स एकेडेमी एण्ड चलचित्रस् प्रालिको संयोजनमा आगामी कार्तिक ११ गते बिहीबारदेखि उक्त सो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ । कि एडभटाइजिङ सर्भिस प्रालिले कार्यक्रमको मार्केटिङ गर्ने भएको छ ।

राजधानीको द एभरेस्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । कार्यक्रममा कि एडभर्टाइजिङका अध्यक्ष रवीन्द्रकुमार रिजालले सोमा १६ वर्षमाथि र ४५ वर्षमुनिका प्रतिस्पर्धीले भाग लिने बताए । दसैँपछि सोे सुरु हुने जनाउँदै उनले भने, ‘यो मेगा सो सबैका लागि हो तर पनि यो उमेर समूहका प्रतिस्पर्धीलाई प्राथमिकतामा राखिएको छ । अहिले कान्तिपुर टेलिभिजन र कि एडभर्टाइजिङबीच सम्झौता भएको हो । अहिले नै सबै धेरै भन्न सकिने अवस्था छैन, हामी डान्स सो दसैँपछि सुरु गर्छौं ।’

प्रत्येक बिहीबार र शुक्रबार हप्ताको दुई दिन बेलुकी ९ः०० बजे उक्त सो प्रसारण हुनेछ । डान्स च्याम्पियनका निर्णायकमा अभिनेत्री निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन् । उमेश राई (फुलन्देकी आमा) कार्यक्रम प्रस्तोता रहने उक्त सो ३२ भागको हुने जनाइएको छ ।

प्रतिक्रिया