प्रहरी र महासंघमाथि शंकै शंका

रौतहट । जिल्लामा पत्रकार फसाउन पत्रकार नै लागेको प्रहरीले सार्वजनिक गरिसकेको अवस्थामा हालसम्म कारबाही हुन सकेको छैन । आजतक नेपाल अनलाइन सञ्चालक सञ्जय सहनीले रौतहट एक्स्प्रेस अनलाइन सञ्चालक मोहम्मद मोजिबुल्लाहलाई लागुऔषध मुद्दामा फसाउन घुमुवा प्रहरीको सहायता लिएको पत्रकार सम्मेलनमार्फत रौतहट प्रहरीले जानकारी दिएको करिब एक महिना पुग्न लागेको छ । गत ३२ साउनमा लागुऔषध नाइट्राभेट ट्याबलेट १ सय ५ थान मोटरसाइकलमा राखिएको अवस्थामा प्रहरीद्वारा मोजिबुल्लाह र शेख अतिउल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिवसमेत रहेका सञ्जय सहनीद्वारा जिल्ला रौतहट माधवनारायण नपा–१ वस्ने २४ वर्षीय धीरज यादव र जिल्ला सर्लाही रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा राख्न लगाई प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहकानुलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएको खुल्न आएको प्रहरीले जनाएको थियो । सहनीले लागुऔषध नाइट्रभेट राख्न धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरेर आफ्नै सहकर्मी फसाउने षड्यन्त्र आजतक नेपाल अनलाइनको अफिसमा बसेर बनाएको र आपैmँले लागुऔषध ल्याएर मोजिबुल्लाहको मोटरसाइकलमा राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले सार्वजनिक गरेको भए पनि हालसम्म सहनीलाई पक्राउ नगरिनुले रौतहट प्रहरीमाथि फेरी प्रश्न उठेको रौतहट पत्रकार महासंघका निवर्तमान अध्यक्ष रबिन्द्र साहले आरोप लगाए ।

अपराधिक षड्यन्त्र लागुऔषध मुद्दामा सम्मानित जिल्ला अदालतबाट ७ दिनको म्यादलिई तथा गैरव्यावसायिक कार्य गर्ने असई उदयप्रसाद यादव र प्र.ज. मनोज साहकानुलाई निलम्बन गरी संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने आफ्नै सहकर्मी फसाउन खोज्ने सहनीको खोजीकार्य भइरहेको बताउने रौतहट प्रहरीले हालसम्म सहनीलाई पक्राउ नगर्नु र केन्द्रबाट आएको छानबिन टोलीले समेत प्रतिवेदन सार्जजनिक नगर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । उता नेपाल पत्रकार महासंघ रौतहट शाखाले ५ भदौमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडांैलाई रौतहट शाखाका सहसचिवसमेत रहेका सहनीलाई साधारण सदस्यसमेत नरहने गरी लेखेको कारबाहीको पत्रमा कारवाही नहुनुले महासंघको निष्पक्षतामाथी नै प्रश्न खडा भएको छ ।

प्रतिक्रिया