प्रदेश–१ का १० जिल्लामा परियोजना विस्तार

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै गएपछि प्रदेश–१ मा परियोजना थप विस्तार भएको छ । प्रदेश–१ का १० ओटा जिल्लामा परियोजना विस्तार भएको हो । मोरङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, सोलुखोम्बु, ओखलढुंगा तथा खोटाङ जिल्लामा परियोजनाअन्र्तगत ११ वटा जोन थपिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुुख विनोदकुमार मण्डलले बताए ।

उनका अनुसार ताप्लेजुुङ जिल्लाको फुमलिङ नगरपालिका तथा पाथिभरा याङवारक गाउँपालिका, सिरिजंघा गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका विभिन्न वडामा मकै जोन त्यस्तै पाँचथरको फिदिम, फाल्गुनन्द तथा मिक्लाजुङ गाउँपालिकाका वडामा आलु जोन सञ्चालनमा ल्याइएको छ । संखुवासभाको मादी नगरपालिकाका र टेम्केमयुम गाउँपालिकाका विभिन्न वडामा सुन्तोला जोन तेह्रथुमको म्यागलुङ र लालीगुँरास नगरपालिका तथा छथर शुक्रबारे गाउँपालिकामा तराकारी जोन सञ्चालनमा आएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकामा सुन्तला तथा मोरङको कटहरी र जहदा गाउँपालिकाका वडाहरूमा तराकारी जोन सञ्चालनमा आएको छ । सोलुखोम्बुको सोलुदूधकुण्ड नगरपालिका र थुुलुङ दूधकोसी तथा लिखुुपिके गाउँपालिकाका वडाहरूका स्याउ तथा ओखर साथै खोटाङको दिक्तेल, रुपाकोट, मझुवागढी नगरपालिका, हलेसी तुवाचिङ नगरपालिका र सकेला गाउँपालिकाका वडामा तरकारी जोन सञ्चालनमा आएको छ ।

त्यसैगरी खोटाङ जिल्लाकै दिक्तेल रुपाकोट मझुवागढी साथै हलेसी तुवाचिुङ नगरपालिका तथा दिप्रुङ चुइचम्पा गाउँपालिका र खेटेहाङ गाउँपालिकाका विभिन्न वडामा बाख्राजोन सञ्चालनमा आएको हो । जोन सञ्चालनका लागि स्थानीय कृषकको माग अत्यधिक रहेको थियो । परियोजनाले कुन वस्तु कुन ठाउँमा बढी उत्पादन हुने र कुन व्यवसायी सञ्चालन गर्दा बढी लाभदायी हुन्छ भन्ने अवस्थालाई हेरेर जोन सञ्चालनका लागि क्षेत्र निर्धारण गरिएको हो ।

यसअघि प्रदेश–१ मा २६ वटा जोन र एउटा सुपरजोन सञ्चालन हँुदै आएको थियो । चालुु आर्थिक वर्षदेखि सो कार्यालयको समन्वयमा प्रदेश–१ को भूमिव्यवस्था सहकारी मन्त्रालयका सचिव निरु दाहाल पाण्डेको अध्यक्षता बसेको बैठकले जोनका लागि क्षेत्र निर्धारण गरेको हो । परियोजनाको समन्वयमा बसेको सो बैठकले तरकारी, धान, सुन्तला, आलुु, मकै, स्याउ तथा बाख्रापालन व्यवसायलाई लक्षित गर्दै जोन सञ्चालनका लागि क्षेत्र निर्धारण गरेको हो । जिल्ला समनवय समितिले जोन क्षेत्र निर्धारणका लागि विभिन्न वडा क्षेत्र सिफारिस गरेको थियो ।
यस अघिदेखि मोरङ जिल्लामा धान र माछा जोन सञ्चालन हँुुदै आएको छ । धान तथा माछा जोन सञ्चालन हुँदै आएपछि उत्पादन बढेको र अनुुदानमा विभिन्न कृषि उपकरण र प्राविधिक सहयोगसमेत उपलव्ध गराएको परियोजना प्रमुख मण्डललको भनाइ छ ।

मोरङको जहदागाउँपालिकाको ३ र ४ नम्बर वडा र कटहरी गाउँपालिकाको २, ३, ४ र ६ नम्बर वडामा तरकारी जोन थपिएको छ । जोन सञ्चालनमा आएपछि धान र माछाको उल्लेखनीय रूपमा उत्पादन बढेको छ भने किसानको जीवनस्तरमा समेत सुधार आउन थालेको छ । परियोजनाका अनुसार स्थानीय तहले पकेट, प्रदेशले ब्लक र संघीय सरकारले जोन र सुपरजोन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जोन तथा सुपरजोन कार्यक्रमले औद्योगीकरण र बजारीकरणलाई समेत जोड दिएको पाइन्छ । किसानलाई नयाँ प्रविधिको ज्ञानसहित कम लागतमा बढी उत्पादन हुने खालका कृषि तथा पशुुपालन व्यवसाय सञ्चालन गर्न सहयोग पुु¥याउनु परियोजनाको लक्ष्य रहेको परियोजना प्रमुख मण्डलले बताए ।

जोन सञ्चालन भएका क्षेत्रहरूमा कृषि व्यवसाय सञ्चालनका लागि परियोजनाले किसानलाई ५० प्रतिशत अनुदान दिँदै आएको छ । जसका कारण कृषि पेसाप्रति युुवाहरूको समेत आकर्षण बढ्दै गएको पाइन्छ । रंगेली नगरपालिका–६ का युवा प्रकाशकुमार वहरदारले परियोजनाले पोखरी खन्न अनुुदान पाएपछि चार वर्षदेखि जीवनस्तरमा सुधार आएको बताए । १० कठ्ठामा पोखरी खनेर माछा उत्पादन गर्दा अरू बालीभन्दा राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया