गैँडाकोट बस दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुल्यो

नवलपुर । गैँडाकोट बस दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट – १० मा बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियाे भने २४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ८ बस्ने वर्ष अन्दाजी ७० की योगमाया सुवेदी, कञ्चनपुरका अन्दाजी ३५ वर्षकी रंगी तिरुवा र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने अन्दाजी ३५ वर्षका कृष्ण राना रहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले जानकारी दिए ।

घटनामा घाईते भएका २४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । उनिहरु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काँकडभित्ताबाट महेन्द्रनगर जान आउँदै गरेको सु. प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान गैंडाकोटको स्मृति पुल नजिकै एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जानकारी दिएको छ ।

प्रतिक्रिया