काठमाडौं । गायिका मञ्जु थापाको आवाजमा गीत ‘माया मुरी मुरी’ को भिडियो बजारमा आएको छ । गीतकार उद्धव प्याकुरेलको शब्द रहेको उक्त गीतमा विक्रम थापाको संगीत तथा सन्दीप कार्कीको संगीत संयोजन रहेको छ । केही दिनअघि मात्रै उक्त भिडियो सार्वजनिक गरिएको गायिका मञ्जुले बताइन् ।
त्यस्तै जिवन शाहीले निर्देशन गरेको उक्त भिडियोमा समृद्धि पौडल र सञ्जय विकको अभिनय रहेको छ । दिपेन बस्नेतले भिडियोमाको छायांकन र सम्पादन गरेका हुन् । गीतको शब्दमा माया प्रेमका भावनालाई समावेश गरिएको गायिका मञ्जुको भनाइ छ ।
‘मुरीका मुरी माया गर्ने मान्छेले कतै धुरी चढाएर खसाल्नेपो होकी भन्ने शंका गीतको शब्दमा व्यख्या गरिएको छ’, उनले भनिन्, ‘हाम्रो समाजमा यस्ता घटनाले धेरै युवा युवती पीडित पनि छन्, त्यसैलाई आधार बनाएर यस गीत ल्याएको हो ।’ उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया