काठमाडौं । गुल्मीमा एक तीन वर्षीया बालिका मृतावस्तामा भेटिएकी छन् । शनिबार बिहान ११ बजे हजुरआमासँगै पञ्चमी पूजामा जाँदा हराएकी ती बालिका मृतावस्तामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नम्वर २ बाँझकटेरीकी ३ वर्षकी आयुषा पोखरेल घरदेखि करिब ५०० मिटर नजिकैको झाडीमा मृतावस्तामा आज बिहान भेटएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।
घटना स्थलमा अहिले प्रहरी निरीक्षकसहितको टोली पुगेको र घटनाको अवस्था हेर्दा जंगली जनावरले चिथोरेको जस्तो देखिएको प्रहरी नायव उपरीक्षक पाण्डेको भनाइ छ । उनका अनुसार उक्त घटनाबारे अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया