पाँचथर । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व जिल्ला संगठन समिति पाँचथरले फिदिममा एमसीसीको विरोध जनाउँदै प्रदर्शन गरेको छ ।
शुक्रबार फिदिम बजार बजार परिक्रमा गरी गणतन्त्र चोकमा विप्लवका कार्यकर्ताहरुले एमसीसी सम्झौता खारेजीको माग गर्दै कोणसभा गरेका हुन् ।
विप्लव नेतृत्वलाइ प्रतिबन्ध लगाएपछि शुक्रबार पहिलो विरोध जुलुस निस्किएकोे हो । कार्यकर्ताहरुले जुलुसमा विभिन्न नारा लगाएका थिए ।
‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’, ‘एकिकृत जनक्रान्ति जिन्दावाद’, ‘वैज्ञानिक समाजवाद जिन्दावाद’, ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद’, ‘स्थानिय निकायमा देखिएको भ्रष्टाचार बेरुजु सार्वजनिक गर’, नयाँ जनवाद जिन्दावाद जस्ता नारा लगाएका थिए ।
कार्यक्रममा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । कोणसभमा केन्द्रिय सदस्य तथा पाचँथर, ताप्लेजुङ ईन्चार्ज जोखिम बोहोरा लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा बोहोराले देश बचाउन आम नागरिक एक भएर लाग्नुपर्ने बताए ।
प्रतिक्रिया